विस्तृत खोजी

 
 
 
 
 
      

२४ खोजी नतिजाहरु

निर्णय नं. १०२७८ - उत्प्रेषण, परमादेश, प्रतिषेध

 फैसला मिति:२०७६/०२/१३  संयुक्त इजलास  ४३९४
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.म.न.पा वडा नं.७ चाबहिल स्थित देवनारायण / खाम्पाचे संयुक्त उपक्रम (जे.भि.) को तर्फबाट अख्तियार प्राप्त खाम्पाचे शेर्पा निर्माण सेवा प्रा.लि.का अध्यक्ष / प्रबन्ध निर्देशक आङदाबा शेर्पा बिरुद्ध विपक्षी/वादी : सार्वजनिक खरिद पुनरावलोकन समिति, ताहाचल, काठमाडौंसमेत

कुनै निकायबाट जारी गरिएको भनी विश्‍वास दिलाई पेस गरिएको लिखतको आधिकारिकता प्रमाणित गर्ने जिम्मेवारी त्यस्तो लिखत पेस गर्नेकै हुन्छ । सम्बन्धित निकायले त्यस्तो लिखत जारी गरेको होइन भनी इन्कारी गरेमा जालसाजीपूर्ण तरिकाले तयार भएको मान्‍नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२७७ - उत्प्रेषण

 फैसला मिति:२०७५/०९/१६  संयुक्त इजलास  ६१११
 पुनरावेदक/ प्रतिवादी : जेठा महर्जनको छोरा का.जि. साबिक मनमैजु गा.वि.स. वडा नं. ८ बस्ने पूर्णमान महर्जनसमेत बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ल्ला का.म.न.पा. वडा नं.२२ शुक्रपथ न्युरोडमा कार्यालय रहेको विशालबजार कम्पनी लिमिटेडसमेत

आफ्नो व्यक्तिगत फाइदाको लागि कुनै पनि सेयर धनी गैरजिम्मेवार रूपले प्रस्तुत भएर साधारण सभा अवरूद्ध पारी कम्पनीका नियमित प्रक्रियाहरूलाई समेत असर पार्दछ भने त्यसको फाइदा त्यस्ता व्यक्तिहरूले पाउनु हुँदैन र सोही कारणबाट कम्पनी र सञ्‍चालक समिति अनिर्णयको बन्दी बन्न नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२७६ - निर्णय दर्ता बदर हक कायम

 फैसला मिति:२०७६/०३/३१  संयुक्त इजलास  ३४३९
 पुनरावेदक/ प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालयको तर्फबाट अख्तियार प्राप्‍त ऐ.का कार्यकारी अध्यक्ष काठमाडौं महानगरपालिका वडा नं. ३१ बस्ने हरिप्रसाद शर्मासमेत बिरुद्ध विपक्षी/वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १६ बस्ने पूर्णबहादुरको मु.स. गर्ने ऐ.ऐ. बस्ने रत्‍नदेवी चित्रकार

ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १६ बस्ने पूर्णबहादुरको मु.स. गर्ने ऐ.ऐ. बस्ने रत्‍नदेवी चित्रकार

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२७५ - उत्प्रेषण

 फैसला मिति:२०७६/०२/२७  संयुक्त इजलास  २८९५
 पुनरावेदक/ प्रतिवादी : स्व. तर्कराज पाण्डेको नाति, स्व. भोगेन्द्रराज पाण्डेको छोरा, का.जि.का.म.न.पा. डिल्लीबजार बस्ने जनार्दन पाण्डेसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत

कुनै सम्पत्ति व्यक्तिगत कायम हुन सो सम्पत्तिको साबिक स्रोत स्पष्टसँग खुल्नुपर्छ । सो सम्पत्ति क्रेताले कानूनबमोजिम प्राप्‍त गरेको हुनुपर्छ । प्राप्त गरेको सो सम्पत्तिमा धनीको निरन्तर रूपमा भोग रहेको हुनुपर्छ । तर यदि उक्त सम्पत्तिको स्रोत नै स्पष्ट छैन, सो सम्पत्तिमा धनीको कुनै किसिमको भोग पनि छैन र लामो समयदेखि सो सम्पत्ति सार्वजनिक उपभोगमा कायम रहिरहेको स्थिति छ भने सो सम्पत्ति व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक प्रकृतिको सरकारी सम्पत्ति नै भएको मान्‍नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२७४ - मानव ओसार पसार

 फैसला मिति:२०७६/०४/०९  संयुक्त इजलास  ४०५३
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम पानकुमारीको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : सुर्खेत जिल्ला राकम गा. वि. स. वडा नं. ६ सेतुटोल बस्ने शोभा वादी

केबल अभियुक्त अदालतमा उपस्थित हुन आएनन् भन्ने आधारमा कसुर ठहर गर्नुलाई न्यायिक प्रक्रियाको दुरूपयोग गरेको (miscarriage of justice) अथवा गम्भीर अन्याय (gross injustice) भएको अर्थमा बुझ्नु पर्ने हुन्छ । प्रतिवादी अदालतमा उपस्थित नभएको कुरालाई नै स्वयम्‌मा निर्णायक प्रमाण मान्ने र अभियोग दाबी ठहर गर्ने कुरा अतार्किक, गैरकानूनी र अविवेकपूर्ण हुन जाने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२७३ - फैसला बदर

 फैसला मिति:२०७५/११/१७  संयुक्त इजलास  २३९२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा जनकपुर न.पा. वडा नं. ५ बस्ने स्व. रामचन्द्र सर्राफको छोरा निर्मलकुमार सर्राफ बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान, शाखा कार्यालय, जनकपुर

अदालतबाट फैसला भएको कुराको जानकारी पाएपछि त्यस्तो फैसलाबाट आफ्नो हकमा असर परेको भए निर्धारित हदम्यादभित्र दाबी गर्नु सम्बन्धित पक्षको कर्तव्य हुने । फैसलाको जानकारी पाएपछि पनि वर्षौंसम्म सोसम्बन्धी कानूनी उपचारको मार्ग अवलम्बन नगरी बसेको अवस्थामा केवल गुठी संस्थान भएकाले हदम्याद लाग्दैन भन्‍ने जिकिर तर्कसङ्गत र मनासिब नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२७२ - जग्गा खिचोला घर उठाई चलन

 फैसला मिति:२०७५/०८/१९  संयुक्त इजलास  ३६८८
 पुनरावेदक/ प्रतिवादी : काजीमानको छोरा सप्तरी जिल्ला, कल्याणपुर गा.वि.स., वडा नं.८ बस्‍ने वर्ष ७२ को लोकेन्द्रनारायण श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : सप्तरी जिल्ला, कल्याणपुर गा.वि.स., वडा नं.८ बस्‍ने गयाप्रसाद श्रेष्ठको श्रीमती रामादेवी श्रेष्ठसमेत

जग्गाको स्वामित्व एउटाको नाउँमा वैधानिक रूपमा दर्ता भइरहेकोमा अर्को व्यक्तिले सोमध्ये केही भाग भोगाधिकार प्राप्‍त गर्दैमा सम्पूर्ण वैध स्वामित्व समाप्‍त नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२७१ - जबरजस्ती करणी

 फैसला मिति:२०७४/०८/०४  संयुक्त इजलास  ५९९२
 पुनरावेदक/ प्रतिवादी : सर्वोच्च कको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जंगबहादुर पराजुलीको छोरा जिल्ला लमजुङ भारते गा.वि.स. वडा नं. ९ बस्ने पुन्टे भन्‍ने प्रेमबहादुर पराजुली

मालाकार कडी तथा एकआपसमा मेल नखाएको तथ्यको आधारमा कसुर ठहर गर्नु न्यायको दृष्टिले मनासिब नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२७० - उत्प्रेषण

 फैसला मिति:२०७४/०९/२३  संयुक्त इजलास  २४३३
 पुनरावेदक/ प्रतिवादी : धनकुटा जिल्ला, साबिक फाङदुवा-६ हाल परिवर्तित धनकुटा नगरपालिका वडा नं.१ हिले बस्ने छविलाल विश्वकर्मा बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय, धनकुटासमेत

सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी आवाद गरेको अवस्थामा त्यस्तो दर्ता स्वत: बदर हुन्छ । सार्वजनिक बाटो जग्गामा केहीसमय भोग एवं त्यस्तो जग्गामा घर टहरा बनाएर बस्दैमा उसको निर्विवाद हक स्वामित्वको जग्गा हुन नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२६९ - उत्प्रेषण

 फैसला मिति:२०७५/११/१४  संयुक्त इजलास  ४१८२
 पुनरावेदक/ प्रतिवादी : रौतहट जिल्ला साबिक मत्सरी गा.वि.स.वडा नं.३ परिवर्तित वडा नं.८ हालको दुर्गा भगवती गाउँपालिका वडा नं.३ घर भई हाल श्री संस्कृत उच्च मा.वि.मत्‍सरी रौतहटमा प्रशासन सहायक (मुखिया) पदमा कार्यरत अनिलकुमार झा बिरुद्ध विपक्षी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंसमेत

अध्ययन बिदाको प्रक्रिया पूरा गराई साधिकार निकायबाट अध्ययन बिदा स्वीकृत भई अध्ययन समाप्त भएको लामो समयपश्चात् शिक्षकबाहेकका कर्मचारीले अध्ययन बिदा पाउने नपाउने सम्बन्धमा ऐन, नियममा स्पष्ट कानूनी व्यवस्था नभएकोले निवेदकले अध्ययन बिदा नपाउने भनी कानूनमा नै उल्लेख नभएको व्यवस्थालाई आत्मपरक ढंगबाट संकुचित व्याख्या गरी भएको निर्णय समानताको हकमा भएको सामान्य कानूनको प्रयोगमा भेदभाव गरिने छैन भन्ने संवैधानिक व्यवस्थाको मर्मविपरीत हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२६८ - लागु औषध

 फैसला मिति:२०७४/११/२२  संयुक्त इजलास  २७३५
 पुनरावेदक/ प्रतिवादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला बाग्लुङ निसी गाउँ विकास समिति वडा नं. ९ घर भई हाल बुटवल नगरपालिका वडा नं. ८ खयरघारी बस्ने लम्बु भन्ने दिलबहादुर घर्ती

कसैको हकमा मुद्दा मुल्तबी राख्नु पर्ने अवस्थामा निजको हकहितमा असर पर्ने गरी निर्णय गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२६७ - कर्तव्य ज्यान

 फैसला मिति:२०७४/१०/२८  संयुक्त इजलास  ३१८३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बाँके शमशेरगञ्‍ज गा.वि.स. वडा नं. १ घर भई हाल कारागार कार्यालय, बाँकेमा थुनामा रहेका पारस चौधरी बिरुद्ध विपक्षी/वादी : राधेश्याम थारूको जाहेरीले नेपाल सरकार

प्रत्यक्षदर्शी नभए पनि अन्य प्रमाणबाट कसुरदार देखिएमा प्रतिवादीहरूलाई उन्मुक्ति दिन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२६६ - मानव बेचबिखन तथा ओसारपसार

 फैसला मिति:२०७६/०१/०४  संयुक्त इजलास  २७४४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नं. १२ ऐरी बस्ने वीरबहादुर रावलको छोरा वर्ष ४९ को वसन्त रावल बिरुद्ध विपक्षी/वादी : तराई पहाड नाम परिवर्तन ७५ कञ्चनपुर ङ कुमारीको जाहेरीले नेपाल सरकार

पीडितको प्रमाणित बयान रहेको तथा अन्य मिसिल संलग्न प्रमाणहरूलाई हेर्दा पीडितको परिवार Hostile हुँदैमा मात्र प्रतिवादी निर्दोष हुन् भन्न नसकिने । प्रतिवादीले पीडितलाई एक ठाउँबाट अर्को ठाउँ हुँदै भारतको वनबासासम्म लगी पीडितको नाजुक स्थितिको फाइदा लिई यौन शोषण Sexual exploitation को कार्य गरी गर्भधारणसम्म भएको र निजले जबरजस्ती गर्भपतनसमेत गरेको प्रमाण मिसिलबाट देखिँदा प्रतिवादीको उक्त कार्य ओसारपसारको परिभाषाभित्र नै पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२६५ - करकाप

 फैसला मिति:२०७६/०२/३१  संयुक्त इजलास  ३५९४
 पुनरावेदक/ प्रतिवादी : राधाकृष्ण गौडेलको छोरा जिल्ला नवलपरासी गैडाकोट गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ५४ को खगेश्‍वर गौडेल बिरुद्ध विपक्षी/वादी : मनिप्रसाद काउचाको छोरा जिल्ला नवलपरासी माकर गा.वि.स. वडा नं. ६ बस्ने निमप्रसाद काउचा

लेनदेन व्यवहारमा लिखत नै मुख्य तथा महत्त्वपूर्ण प्रमाण हुने । लिखत स्वेच्छाले गरिएको र साँचो देखिएको अवस्थामा त्यसले प्रामाणिक मूल्य प्राप्त गर्ने । करकाप प्रमाणित हुन बाध्य बनाई कार्य गर्न लगाइएको अवस्था पुष्टि हुनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२६४ - जबरजस्ती करणी

 फैसला मिति:२०७४/१२/०७  संयुक्त इजलास  ७९९१
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम गीताको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला पाल्पा, पोखराथोक गा.वि.स. वडा नं. ५ बस्ने अर्जुन कोइराला

प्रतिवादीले जाहेरवालालाई विवाह गर्छु भनी भनेको हल्का आधारलाई मात्र "झुक्यान" र "अनुचित प्रभावमा" पारी जबरजस्ती करणी गरेको भन्‍न नमिल्ने । वारदातको अवस्था, परिस्थिति, पृष्ठभूमि, पीडित र प्रतिवादीको शारीरिक एवं यौनाङ्ग परीक्षण प्रतिवेदन र पीडित स्वयंको बकपत्रसमेतले प्रतिवादीले जाहेरवालालाई पूर्ण सहमतिमा नै करणी गरेको अवस्था पुष्टि हुन आउँदा जबरजस्ती करणीको वारदात कायम नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२६३ - उत्प्रेषण

 फैसला मिति:२०७५/०९/०२  संयुक्त इजलास  ३५१७
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं.४ बस्ने अमनकुमार अग्रवालसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, बबरमहल, काठमाडौंसमेत

विदेशी लेखा व्यवसायी संस्थामा CA अध्ययन गरेका नेपाली विद्यार्थीहरूको लागि पञ्जीकृत प्रशिक्षणमा सीमा तोक्ने कार्य WTO ले आत्मसात् गरेको विश्वव्यापीकरणको मूल्य मान्यता एवं ऐन, नियमअनुकूल नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२६२ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७४/०८/१८  संयुक्त इजलास  २६५४
 पुनरावेदक/ प्रतिवादी : सप्तरी जिल्ला, वैरवा गा.वि.स. वडा नं.१ बस्ने शंकर पञ्जियार बिरुद्ध विपक्षी/वादी : उच्च अदालत जनकपुर, राजविराज इजलास सप्तरीसमेत

अदालत र अर्धन्यायिक निकायमा विचाराधीन रहेको मुद्दाहरू एक अर्कामा अन्तरप्रभावी देखिएको र अदालतमा विचाराधीन मुद्दामा हुने कारबाही एवं फैसलाले अर्धन्यायिक निकायमा विचाराधीन मुद्दाको कारबाही एवं निर्णयलाई प्रभावित गर्ने रहेछ भने पहिला सक्षम अदालतमा विचाराधीन मुद्दाको कारबाही अगाडि बढाउनु उपयुक्त एवं न्यायसम्मत हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२६१ - सर्त करारबमोजिमको रूपैयाँ दिलाई पाऊँ ।

 फैसला मिति:२०७५/०२/२८  संयुक्त इजलास  ३०९८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ विराटनगरको उपमहानगरपालिका वडा नं. ७ बस्ने चन्द्रप्रसाद खतिवडा बिरुद्ध विपक्षी/वादी : जिल्ला मोरङ भाथिगछ गा.वि.स. वार्ड नं. ८ घर भर्इ हाल विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने अकवर मियाँ

वादीले दाबीको लिखतलार्इ करारको लिखत भनी दाबी गरेकोमा दाबीबमोजिमको हदम्याद नाघ्ने अवस्था भएपछि दाबीको लिखतलार्इ वादी दाबीभन्दा बाहिर गई कपाली प्रकृतिको लिखत भनी हदम्याद कायम गर्नु हदम्यादको सिद्धान्तअनुरूप नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२६० - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७६/०१/०२  संयुक्त इजलास  ३६५४
 पुनरावेदक/ प्रतिवादी : सुनिता बस्नेत बिरुद्ध विपक्षी/वादी : महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही महाशाखा, टेकुसमेत

एकचोटी तत्काल प्रचलित कानूनबमोजिम कसुर कायम भई सजायसमेत भइसकेको स्थितिमा पुनः संशोधित कानूनको आधारमा कसुर कायम गर्न कानूनी व्यवस्था र सिद्धान्तले नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२५९ - जबरजस्ती करणी (अप्राकृतिक मैथुन)

 फैसला मिति:२०७५/११/२८  संयुक्त इजलास  ३७६४
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम ७१ (ख) को संरक्षकको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला बैतडी न्वाली गा.वि.स. वडा नं. ४ घर भई जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.३ बडहरा बस्ने जसिराम नेपाली

सामान्यतयाः महिला र पुरूषबिच स्वभाविक रूपमा हुने यौन एवम् मैथुनका क्रियालाई प्राकृतिक मैथुन र प्राकृतिक तवरमा गरिने स्वभाविक मैथुनका क्रियाबाहेक अन्य अस्वाभाविक एवम् अप्राकृतिक तरिकाबाट हुने यौनजन्य क्रियाकलाप र मैथुन अप्राकृतिक हुने । यौनजन्य अपराधहरू यौन सन्तुष्टिका लागि गरिने हुँदा यौन सन्तुष्टि प्राप्‍त गर्ने इच्छा वा चाहना नै यौनजन्य अपराधको मानसिक तत्त्वको रूपमा रहेको हुन्छ । मनसाय आफैँमा सादृश्य विषय होइन । यो व्यक्तिले गरेको कार्य, आचरण, प्रकृति र स्वरूपबाट निर्क्यौल गरिने विषय हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु