विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. ३५०५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/०४/०६  संयुक्त इजलास  २४१५
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर न. पं.वार्ड नं. ११ टौमढी टोल बस्ने जगतबहादुर लोहला बिरुद्ध विपक्षी/वादी : गणेशबहादुर खत्री, सभापति, जिल्ला पञ्चायत भक्तपुरसमेत

(१) हक कायम भइसकेको जग्गामा प्रधानपञ्चले नक्शामा हेरफेर गरी नक्शापास पुर्जी गरिदिएकोमा जि.पं.ले जिल्ला पञ्चायत ऐन, २०१९ को दफा ४५(क) खारेज भएकोले कारवाही गर्न नमिल्ने भनी जानकारी दिएको सम्बन्धमा जिल्ला पञ्चायत ऐनको दफा ४५(क) गाउँ पञ्चायतको सन्दर्भलाई मात्र भएको पाइन्छ, न.पं.को नक्शा पास सम्बन्धमा न.पं.ऐन, २०१९ को दफा ४९(३) को प्रावधानलाई सो खारेजी ऐनले असर गरेको देखिन्न तसर्थ जि.पं. ऐनको दफा ४५(क) खारेज हुँदैमा जि.पं. लाई न.पं.ऐनको दफा ४९(३) ले दिएको अधिकार बमोजिम कारवाही गर्न इन्कार गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५०४ - उत्प्रेषण मिश्रित परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/०३/२१  संयुक्त इजलास  २४००
 पुनरावेदक/ प्रतिवादी : महाकाली अं.अ.को सह लेखापाल पदमा कार्यरत धर्मानन्द लेखक बिरुद्ध विपक्षी/वादी : जि.पं.सचिवालय पशुचिकित्शालय कंचनपुरमा कार्यरत सह लेखापाल नन्दाराज भट्टसमेत

(१) कुनै कर्मचारी श्रावण १ गतेपछि आषाढ मसान्तभित्र नियुक्ति भएमा निजको कार्य सम्पादन मूल्यांकन फाराम भर्दा यदि निज श्रावण १ गतेपछि नियुक्ति भई पूरा अवधि काम नगरेकोबाट निजलाई पाउने भन्दा कम नम्बर दिनुपर्ने भएमा सो भर्ने अधिकारीले सो कुरामा विचार राखी अंक प्रदान गर्नसम्म मिल्ने कुरा हो तर एकपटक कानुन बमोजिम कार्य संपादन मूल्यांकन फाराम भरी अंक दिई सकेपछि बढुवा समितिले सो कर्मचारीले काम गरेको अवधि हिसाब गरी काम नगरेको अवधिको दामासाहीले अंक कटाउने कानुनी व्यवस्था निजामती सेवा नियमावलीको कुनै नियममा नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५०३ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०४५/०३/२२  संयुक्त इजलास  २१७१
 पुनरावेदक/ प्रतिवादी : जि.चितवन खेरहनि गा.पं.वा.नं.८ बस्ने विकाराम महतोसमेत बिरुद्ध विपक्षी/वादी : जि.चितवन खेरहनी गा.पं.कार्यालयसमेत

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७(१) मा भएको व्यवस्थाबाट कुनै जग्गावालाले घरबासको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएमा जग्गा झिक्न पाउने गरी स्थानीय पञ्चायतले गाउँ पञ्चायतको इलाकामा आधा विगहासम्म र नगर पञ्चायतमा ४ कठ्ठासम्म भन्ने व्यवस्था गरेको पाइएकोले व्यक्ति व्यक्तिले आफ्नो दर्ताको जग्गा सो व्यवस्थाले तोकेको हदसम्मको जग्गा झिक्न निवेदन गर्दछ भने त्यस्तो व्यक्तिले आफ्नो–आफ्नो हकमा छुट्टाछुट्टै निवेदन दिनु पर्ने । (प्रकरण नं. ९) (२) कानुनको रीत नपुगी परेको निवेदनबाट कारवाही भई पञ्चायतबाट भएको निर्णय कानुन मिल्दो भन्न नमिल्नुको साथै आफ्नो अधिकार प्रयोग गर्न आवश्यक जाँचबुझ गर्न सम्म पाउने समिति खडा गरी राय समेत लिई सोही रायको आधारमा गरेको ठहर पनि कानुनी भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५०२ - अंश

 फैसला मिति:२०४५/०५/१५  पूर्ण इजलास  २३३३
 पुनरावेदक/ प्रतिवादी : बांके माई गाउँ गा.पं.वा.नं.५ राझा बस्ने सुलोचना मिश्र बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने वामदेवप्रसाद शर्मासमेत

(१) सगोलमै रहेको अवस्थामा नदीकाट बालु बूर्जमा सकारेको र आफूले बकस पाएको भए पनि अंशबण्डाको १८ नं. मा भएको संशोधन पूर्व आर्जन गरेको देखिएकोले तत्काल प्रचलित अंशबण्डाको १८ नं. मा भएको व्यवस्थाले सगोलका सबै अंशियारले भाग पाउने नै देखिन आउने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५०१ - अंश

 फैसला मिति:२०४५/०५/२७  संयुक्त इजलास  २३५३
 पुनरावेदक/ प्रतिवादी : पर्वत जिल्ला विहाडी रानीपानी गा.पं.वा.नं.१ बस्ने गगनबहादुर कुँवर बिरुद्ध विपक्षी/वादी : ऐ.केशवबहादुरको घरमा बस्ने गरी आएकी रेवती कुँवर

(१) घरसारमा बण्डा गरी आफ्नो भाग बण्डा बुझी लिई दिई सोही बमोजिम दा.खा.तथा अरु लेखाई देखाई समेत गरी भोगचलन समेत गरी सकेपछि घटी बढी परेको भए उसै अवस्था उजूर गरी बदर गराउनु पर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५०० - अंश

 फैसला मिति:२०४५/०५/०९  संयुक्त इजलास  २३२२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.७ कुमारीगाल बस्ने भैरवबहादुर बस्नेत क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने रामबहादुरको मु.स.गर्ने सीतादेवी बस्नेत

(१) सम्पत्तिमा आफ्नो भाग पाई आफ्नो नाउँमा दर्ता गरी भोग समेत गरी सकेपछि फेरि अंश पाउँ भनी पर्न आएको फिराद अंशबण्डाको ३० नं. मा भएका व्यवस्थाले नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४९९ - हक सफा

 फैसला मिति:२०४४/१२/२८  संयुक्त इजलास  २२७४
 पुनरावेदक/ प्रतिवादी : तनहुँ माझकोटा गा.पं.वार्ड नं. ७ बस्ने लुरीमाया श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.मिमाता गा.पं.वार्ड नं. २ बस्ने सूर्यरत्न श्रेष्ठ

(१) साँधको एउटै कित्ताको जग्गा दुईजनालाई वादी संधियारमा नपर्ने गरी २ कित्ता कायम गरी बिक्री गरेकोमा दुवै कित्तामा सन्धिसर्पन र संधियारको नाताबाट एकै मितिमा निखनाई पाउँ भनी दर्खास्त दिन पाउने भन्न मुलुकी ऐन लेनदेन व्यवहारको १२ नं. को कानुनी व्यवस्थाले नमिल्ने भई साँधको एकै कित्ता दुइजनालाई २ कित्ता गरी बिक्री गरेकोमा एकैपटक निखनाई पाउन दिएको दर्खास्तबाट वादीले निखन्न पाउनुपर्ने हो भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४९८ - जोत दर्ता

 फैसला मिति:२०४५/०४/०९  संयुक्त इजलास  २१३५
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.१२ टेकु बस्ने भैरवमान महर्जन बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान, केन्द्रीय कार्यालय

(१) गुठी संस्थान ऐन, २०२१ को दफा १७ को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्थाबाट गुठी जग्गामा कसैले घर बनाई बसेको भए निजलाई सो घरबाट उठाउन पाउने छैन भन्ने व्यवस्था भएको र गुठी संस्थान ऐन, २०३३ को दफा ३५(२) ले पनि सोही व्यवस्था अनुरुप कसैले गुठी जग्गामा स्वीकृति नलिई घर बनाई बसेको भए मोहियानीमा दर्ता गरिदिने व्यवस्था गरेकोबाट विवादीत घर जग्गामा वादीको हक कायम नहुने भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४९७ - व्याज भराई पाउँ

 फैसला मिति:२०४५/०४/३१  संयुक्त इजलास  २७३१
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.खरेलथोक गा.पं.वा.नं.२ बस्ने रामप्रसाद सेढाई बिरुद्ध विपक्षी/वादी : ऐ.देउभूमि वलुवा गा.पं.वा.नं.४ बस्ने पद्मकुमारी नेउपाने

(१) लेनदेनको ३ नं.मा भएको व्यवस्थाबाट दृष्टिबन्धक लेखिएकोमा भाखा नाघेको मितिले बन्धक लिएको जग्गा चलन गर्नुपर्ने चलन नदिए नालिश दिनुपर्ने र म्याद नघाई बसी चलन नलिए मात्र दृष्टिबन्धक लिखत कपाली सरह हुने । (प्रकरण नं. १३) (२) वादी आफैंले म्यादभित्र दिएको फिरादबाट चलन पाउने ठहरेपछि फेरि सो दृष्टिबन्धक लिखतको आधारमा कपाली सरह कायम गरी ब्याज पाउने भन्ने कानुनले नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४९६ - गोश्वारा दर्ता कायम

 फैसला मिति:२०४५/०४/२३  संयुक्त इजलास  २६४१
 पुनरावेदक/ प्रतिवादी : धनकुटा नगर पञ्चायत वडा नं.६ बस्ने पद्मकुमार श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : धनकुटा नगर पञ्चायत वडा नं.५ बस्ने सुवर्णकुमार श्रेष्ठ

(१) गोश्वारा हकको जग्गा गोश्वारा हक हुने एक अंशियारको नाउँमा नापी भएकोमा सोबाट अरु गोश्वारा हक हुने अंशियारको हक निजको हक टुटेको प्रमाण बेगर टुट्न नसक्ने । (प्रकरण नं. ११) (२) नापी पछि तायदाती दिंदा समेत विवादको जग्गाहरुमा वादीको समेत हक लाग्ने भनी देखाई तायदाती समेत दिएको देखिन आएकोले यस अवस्थामा नापी उपर म्यादभित्र उजूर नगरेको भन्ने विपक्षीतर्फका जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४९५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०४/१०  संयुक्त इजलास  २३०४
 पुनरावेदक/ प्रतिवादी : ईनर चौधरीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.सप्तरी शम्भुनाथ गा.पं.वार्ड नं. ७ बस्ने दनहु चौधरी थारुसमेत

(१) साधारण झगडा हुँदा आवेशमा आई हँसिया जस्तो हतियार प्रहार गरी मर्नेसम्मको अवस्था पार्ने अभियुक्तलाई कानुनको सो अ.बं.१८८ नं.को सुविधा दिन उचित नदेखिने । (प्रकरण नं. १९) (२) १४ वर्षको नाबालकले उमेर पुगेकोलाई ज्या.सं.महलको १३ नं. मा उल्लेख भएबमोजिम मार्नको लागि भाग्न उम्कन नपाउने गरी समाती राख्न सकेको होला भन्ने पत्यारलायक देखिन नआउनुको साथै मर्नेलाई कुनै अवस्था भाग्न उम्कन नपाउने गरी समातेको भनी मान्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४९४ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०३/२०  संयुक्त इजलास  २२५८
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा पाल्पामा बन्दी रिते भन्ने रितबहादुर रोका क्षेत्री बिरुद्ध विपक्षी/वादी : देवीप्रसाद गैरे समेतको जाहेरीले श्री ५ को सरकार

(१) वारदात घट्नुभन्दा अगाडिकै रिसइवीबाट मृतकहरुलाई चिरपट दाउराले हिर्काई सोही चोटबाट मृत्यु भएको भन्ने देखिन आएकोले आत्मरक्षा गर्दाकै कारणबाट मृतकहरुको मृत्यु भएको हो भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४९३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०३/२०  संयुक्त इजलास  २२५४
 पुनरावेदक/ प्रतिवादी : जि.कार्यालय कारागार शाखा कास्कीमा थुनामा रहेको सार्की भन्ने गम्भीरे दमाई बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वस्ने वन्तु दमिनीको जाहेरीले श्री ५ को सरकार

(१) घटनापूर्वक परपुरुषसँग श्रीमतीको अनुचित सम्बन्ध भएको कुराबाटै विवाद परी वारदात हुन गएको स्थितिमा प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निजलाई मुलुकी ऐन अ.बं.१८८ नं.बमोजिम दश वर्ष कैद हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४९२ - ज्यान

 फैसला मिति:२०४५/०४/३०  संयुक्त इजलास  २३४४
 पुनरावेदक/ प्रतिवादी : खेलू भण्डारीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.स.गढैया गा.पं. वा.नं.३ बस्ने कामी राउत कुर्मीसमेत

(१) शंकाको भरमा मात्र ज्यान जस्तो अपराधमा अपराधी ठहर्यााई सजायँ गर्न नमिल्ने । (प्रकण नं. ३१) (२) ज्यानसम्बन्धीको १४ नं. उसै मौकामा उठेको कुनै रीस थाम्न नसकी प्रहार गर्दा ज्यान मर्न गएको अवस्थामा मात्र लागू हुने । (प्रकरण नं. ३२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४९१ - राजगुठी कायम गरिपाउँ भन्ने समेत

 फैसला मिति:२०४५/०५/१३  संयुक्त इजलास  ३४४०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वार्ड नं. १३ बस्ने नरेन्द्रविक्रम सिंह थापा क्षेत्री बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान, केन्द्रिय कार्यालय काठमाडौं

(१) गुठी संस्थान ऐन, २०२९ प्रारम्भ भइसकेपछि त्यस्तो छुटगुठी राजगुठीमा परिणत हुने व्यवस्था अनुरुप राजगुठीमा परिणत भई छुटगुठीका गुठीयार खान्गिदारको सवै हक अधिकार समाप्त हुने कानुनी व्यवस्था भइरहेकोमा त्यस्तो अवस्थामा छुटगुठी निजीगुठीमा परिणत भएको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) धर्मलोप गरेउपर वादीले दावी लिइएको नदेखिएकोले धर्मलोप गरेको भन्न नमिल्ने (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४९० - अंश

 फैसला मिति:२०४५/०४/२४  संयुक्त इजलास  २६२१
 पुनरावेदक/ प्रतिवादी : सिन्धुपाल्चोक जलविरेकोट गा.पं.वा.नं.३ बस्ने गणेशबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : : ऐ.ऐ.बस्ने शिवदास श्रेष्ठ

(१) मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडिएको लिखत पास हुनुपर्ने ९:बलमबतयचथ० व्यवस्था गरेको पाइने । (प्रकरण नं. १८) (२) अंशबण्डा पास भएकोमा रजिष्ट्रेशनको १ नं.अनुसार मानो जोडिएको कागज पास नभएसम्म सगोलमा रहेको भन्न नमिल्ने हुँदा अंशबण्डा पास भइसकेपछि कुनै कागजमा एकाघर सगोलको भाइ भनी उल्लेख हुँदैमा रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडाएको लिखत पास नभएसम्म सगोलमा रहेको भन्न नमिल्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४८९ - उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/०४/१६  संयुक्त इजलास  २३४१
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.३१ बस्ने वर्ष ६१ को पुष्पशंकर प्रधानाङ्ग बिरुद्ध विपक्षी/वादी : नेपाल वैंक लिमिटेड, प्रधान कार्यालय, जुद्ध सडक, काठमाडौंसमेत

(१) आफूले पाउनु पर्ने सुविधा लिइसकेको कुरालाई निवेदनमा उल्लेख नगरी गुपचुप राखी आउनुले अदालतमा प्रवेश गर्दा सफा हात लिई आउनु पर्ने सर्वमान्य सिद्धान्तलाई उल्लंघन गरेको देखिने । (प्रकरण नं. ८) (२) २०४२।५।१ मा आफूले अवकास पाएको कुरामा सो कुरालाई बदर गराउन निवेदक उचित समयमा अदालतमा आउनु पर्नेमा नआई मिति ०४३।९।२८ मा रिट निवेदन लिई अदालतमा प्रवेश गरेको देखिएबाट निवेदक अनुचित विलम्व गरी अदालतमा आएको देखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४८८ - भ्रष्टाचार

 फैसला मिति:२०४५/०३/२२  संयुक्त इजलास  २६२४
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार (विशेष प्रहरी विभाग) बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.घट्टेकुलो डेरा गरी बस्ने श्रीमती ईन्दिरा थपलिया

(१) तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) अनुसार क्षेत्रीय अदालतले पुनरावेदन हेरेको भ्रष्टाचार मुद्दामा दोश्रो तहको पुनरावेदन सर्वोच्च अदालतमा लाग्ने व्यवस्था भएकोमा पछि आएको कानुन व्यवस्थाले लाग्नै नसक्ने पुनरावेदन दर्ता गरेको देखिँदा त्यस्तो पुनरावेदनबाट कार्यवाही गर्न नमिल्ने । (प्रकरण नं. ३०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४८७ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/०३/२२  संयुक्त इजलास  २४५४
 पुनरावेदक/ प्रतिवादी : हिमालय जनता ट्रान्सपोट एण्ड ईन्जीनियरिङ कम्पनी प्रा.ली. काठमाडौंको तर्फबाट अधिकार प्राप्त ऐ. को मेनेजिङ डाईरेक्टर बृज किशोरकलवार बिरुद्ध विपक्षी/वादी : कर कार्यालय, काठमाडौंसमेत

(१) आयकर नियमावली, २०३९ को उपनियम (१) मा ऐनको दफा ३७ को उपदफा (३) को खण्ड (घ) बमोजिम कर कार्यालयले लिलाम बिक्री गर्दा अचल सम्पत्तिका हकमा ३५ दिन र चल सम्पत्तिका हकमा १५ दिनको म्याद टाँसी यथासम्भव स्थानीय पत्र–पत्रिकामा समेत सूचना प्रकाशित गरी स्थानीय प्रशासनका प्रतिनिधिलाई साक्षी राखी बढाबढ गरी लिलाम बिक्री गर्नुपर्ने । (प्रकण नं. ११) (२) उपनियम (२) मा उपनियम (१) बमोजिम लिलाम बिक्री गर्नु भन्दा अघि स्थानीय प्रशासनको र नजिकको अन्य कुनै एक अड्डाको प्रतिनिधि राखी लिलाम गरिने सम्पत्तिको पञ्चकृति मोल कायम गर्नुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४८६ - उत्प्रेषण

 फैसला मिति:२०४५/०४/१९  संयुक्त इजलास  २६४२
 पुनरावेदक/ प्रतिवादी : महोत्तरी इठरवाकटी गा.पं.वा.नं.१ बस्ने राधारमण सिंह बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालयसमेत

(१) समान व्यक्तिहरुलाई असमान बनाई कानुनको प्रयोग गर्नु असमानता हुने । (प्रकरण नं. १०) (२) निजामती सेवामा विशेषज्ञीकरण गराउने नीति अनुरुप नेपाली भाषा राष्ट्र भाषा भएको, संस्कृत धेरै भाषाको मूल भाषा भएको र अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएबाट मात्र ती भाषाको स्नातकोत्तरलाई उपल्लो उपाधि वा डिग्री मानेको हिन्दी सरहका अन्य भाषालाई त्यस प्रयोजनको लागि नमानेको भन्ने निजामती कर्मचारीको सम्बन्धमा नीति निर्देशन गर्ने मन्त्रालयले नै लेखी पठाएबाट अंक निर्धाण गर्न मापदण्डको औचित्यमा प्रवेश गरी असमानता भयो भनी मान्न नसकिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु