विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. २८६९ - जालसाजी

 फैसला मिति:२०४३/०९/०७  संयुक्त इजलास  २२७३
 पुनरावेदक/ प्रतिवादी : जि.संखुवासभा मादी रामदेवी गा.पं.वार्ड नं. २ बस्ने लक्ष्मीप्रसाद दाहालको हकमा र आफ्नो हकमा समेत ऐ.ऐ.वडा नं.७ बस्ने तुलसीप्रसाद दाहाल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं. ५ बस्ने यमुनादेवी उपाध्याय

(१) वादीको जग्गामा प्रतिवादीले घर बनाएको भए घर बनाउनेको महल अन्तर्गत उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८६८ - घर उठाई जग्गाखिचोला छुट्याई चलन चलाई पाउँ

 फैसला मिति:२०४३/०९/१०  संयुक्त इजलास  २०९८
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा धोरे गा.पं.वा.नं.७ बस्ने मखुलाल राउत वरै बिरुद्ध विपक्षी/वादी : वीरगञ्ज न.पं.वा.नं.१३ बस्ने बिजुलीप्रसाद प्रधानसमेत

(१) मोही जग्गालाई साविक जग्गाधनीले बेच्न सक्ने कुनै कानुनी अधिकार समेत देखिन नआएको अतिरिक्त प्रतिवादीका लिखत जेठो देखिएको अवस्थामा केवल सर्भे कि.नं.को आधारमा मात्र वादीको विवादीत जग्गामा हक कायम गराउन नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८६७ - कीर्ते

 फैसला मिति:२०४३/०९/१७  संयुक्त इजलास  २४८७
 पुनरावेदक/ प्रतिवादी : सप्तरी जिल्ला वनर झुला गा.पं.वार्ड नं. ६ को हाल खोजपुर गा.पं.वार्ड नं. ४ खोजपुर बस्ने गणेशप्रसाद सिंह बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.कोइलाडी गा.पं.वार्ड नं. ३ बस्ने कृष्ण चन्द्रप्रसाद सिंहसमेत

(१) सक्कल लिखत हेरिएमा लिखतको सबै हरफहरूको मसी फुलेको र लिखतको शिर हरफको “लिखतम” शब्दको “लि” भन्ने अक्षर अगाडि अनावश्यक “आ” अक्षरको धर्सो देखिएको त्यसको अलावा ठाउँ ठाउँमा अक्षरहरूमा दोहरा धर्सो पनि देखिएको मिति बन्दका अक्षरहरू पनि अरु हरफ मिलान नदेखी पुछारको कारणीको सहि र ल्याप्चे नछोओस भनी कसी लेखिएको देखिएको र लिखतको बीचमा कुनै थपकेर नभएको ठाउँमा पनि दुई ल्याप्चेको रेखाहरू देखिन आएको सो ल्याप्चेका रेखाहरू विपक्षीको जिकिर बमोजिम कागज पट्याउँदा सर्न गएको भन्ने अवस्था समेत नदेखिएकोबाट रेखा तथा लेखा विशेषज्ञको राय समर्थित हुन नआएकोबाट त्यस्तो लिखतलाई सद्दे नठहराई कीर्ते ठहराएको शुरुको इन्साफ उल्टो गरेको मिलेको नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८६६ - अपुताली दर्ता नामसारी

 फैसला मिति:२०४३/०९/०७  संयुक्त इजलास  २६९१
 पुनरावेदक/ प्रतिवादी : रुपन्देही गा.पं.वसन्तपुर वार्ड नं. २ परसौनी बस्ने भगवानी अहिरनी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.गा.पं.सिकहन वार्ड नं. २ बस्ने सुमेश्वर अहिर

(१) अघिल्लो लोग्नेको सम्पत्तिमा अपुतालीबाट आफ्नो हक कायम गराई लिएपछि यदि विपक्षी सित पोइल जान्छ भने स्त्री अंश धनको ६ नं. ले अघिल्लो लोग्नेतर्फको सम्पत्तिमा कुनै हक कायम नरही अघिल्लो लोग्नेतर्फको कानुन बमोजिम हकवालाले खान पाउने व्यवस्था भएको र अघिल्लो लोग्नेको छोरी भएको र अपुतालीको २ नं.ले निज मरेपछि निजको हक खाने अरु कानुन बमोजिमको नजिकका हकदार नभए बाँकी छोरीले पाउने स्पष्ट कानुनी व्यवस्था भएकोले छविराजको नाउँको सम्पत्तिमा वादी दावी बमोजिम वादीको हक कायम भई नामसारी समेत गरी पाउने ठहर्छ । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८६५ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०९/३०  संयुक्त इजलास  २४९४
 पुनरावेदक/ प्रतिवादी : सदरखोर शाखा डिल्लीबजारमा थुनामा रहेको वर्ष ३१ को आदित्य कुमार थापाको हकमा ऐ.ऐ.बस्ने एकाघरका भाइ हरिकुमार थापा बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय काठमाडौं डिल्लीबजारसमेत

(१) भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत अपराधको सम्बन्धमा बागमती अञ्चलमा जुनसुकै अधिकृतद्वारा तहकिकात गरी दायर गरिने मुद्दा बागमती विशेष अदालतलाई तोकिएको देखिने । (प्रकरण नं. ११) (२) बागमती अञ्चल अदालतलाई भ्र.नि.ऐन अन्तर्गतको मुद्दा हेर्न पाउने अधिकारक्षेत्र भएको नदेखिँदा त्यस्तो निकायबाट अनुमति प्राप्त गरी थुनामा राखेको कानुन बमोजिम थुनामा राखेको भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८६४ - सवारी दुर्घटनाबाट मृत्यु भएको ज्यान

 फैसला मिति:२०४३/०९/२३  संयुक्त इजलास  २५५२
 पुनरावेदक/ प्रतिवादी : दिलकुमारी गुरुङको जाहेरीले श्री ५ सरकार बिरुद्ध विपक्षी/वादी : महेशकुमार ताम्राकार

मानिस मार्छु नै भन्ने नियतले गाडी नहाँके तापनि मानिस मर्न सक्छ भन्ने सम्भावनालाई जानी जानी लापरवाही गरी गाडी हाँकेको मान्नु पर्ने हुन्छ । तसर्थ मानिस मार्ने मेरो नियत थिएन भन्ने इन्कारी जिकिरलाई सफाइको पर्याप्त आधार मान्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८६३ - निषेधाज्ञा

 फैसला मिति:२०४३/०९/१०  संयुक्त इजलास  २४३३
 पुनरावेदक/ प्रतिवादी : जि.महोत्तरी सिमरदही गा.पं.वा.नं.९ बस्ने कारी ठाकुर भूमिहार बिरुद्ध विपक्षी/वादी : जि.महोत्तरी सिमरदही गा.पं.का प्र.पं.हियासहनी मलाहसमेत

(१) नक्शा कुण्डलीबाट विपक्षीहरूले छुट्टै बाटो निर्माण गर्न लागेको भन्ने पनि देखिँदैन, कूलो बनिरहेको र सो कूलोको डिलमा गोरेटो बाटो हुनु स्वाभाविक नै देखिँदा निषेधाज्ञा जारी हुन नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८६२ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०९/०७  संयुक्त इजलास  २१३८
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.अ.लगनखेल बस्ने प्रेमभक्त तुलाधरसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयसमेत

(१) फिराद परी कारवाही भई अदालतमा विचाराधीन रही रहेको प्रस्तुत विषयमा ललितपुर जिल्ला अदालतको निर्णयबाट नै हुने हुँदा माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८६१ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०९/०७  संयुक्त इजलास  २११३
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.लगनटोल बस्ने प्रेमभक्त तुलाधर बिरुद्ध विपक्षी/वादी : ललितपुर नगर पञ्चायतसमेत

(१) हक बेहकमा अदालतमा नालेश गर्नु भनी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) बमोजिम सुनाई दिन प्रत्यर्थी कार्यालय ललितपुर नगर पञ्चायतको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८६० - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०८/२२  संयुक्त इजलास  २१३७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कार्यालय कारागार शाखा वीरगञ्जमा थुनामा रहेका रविन्द्रप्रसाद चौधरी बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय बारा कलैयासमेत

(१) राजकाज (अपराध र सजायँ) ऐन, २०१९ को दफा ६ अन्तर्गतको कसूर सम्बन्धी मुद्दा मामिलाको कारवाही गरी किनारा गर्ने अधिकार अञ्चलाधीशलाई मात्र स्पष्ट रुपमा प्रदान गरेको पाइने । (प्रकरण नं. १२) (२) दफा ६ अन्तर्गतको कसूर सम्बन्धी मुद्दा मामिलाको कारवाही किनारा गर्ने अधिकार अरुलाई तोक्न पाउने गरी श्री ५ को सरकारलाई राजकाज (अपराध र सजायँ) ऐन, २०१९ ले अधिकार प्रदान गरेको नदेखिने । (प्रकरण नं. १३) (३) राजकाज (अपराध र सजायँ) ऐन, २०१९ को दफा १० को उपदफा (१) ले नै उक्त अधिकार प्रत्यायोजन हुन नसक्ने गरी (प्रतिषेध) व्यवस्था गरेको पाइएबाट राजकाज (अपराध र सजायँ) ऐन, २०१९ को दफा ६ को कसूर सम्बन्धी मुद्दाहरुको सम्बन्धमा राजकाज (अपराध र सजायँ) ऐन, २०१९ को व्यवस्था नै प्रभावकारी हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८५९ - परमादेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०८/२२  संयुक्त इजलास  ३००८
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा हंसपुर कठपुल्ला गा.पं.वार्ड नं. ९ बस्ने गजाधरप्रसाद सिंह राजपूत बिरुद्ध विपक्षी/वादी : जनकपुर चुरोट कारखाना लि.का कार्यकारी अध्यक्ष जनकपुरधाम

(१) अदालती कारवाही र विभागीय करवाही भिन्नाभिन्नै कारवाही मान्नु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८५८ - ..

 फैसला मिति:२०४३/०२/२९  डिभिजन वेन्च इजलास  २४६२
 पुनरावेदक/ प्रतिवादी : पिष्टु ओभरसिज ट्रेडर्सको प्रो. का.जि.डिल्लीबजार ब्लक नं.ग. २।२३४ पोष्ट बक्स नं. १०६३ बस्ने दामोदरप्रसाद अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री महानिर्देशक, कर विभाग काठमाडौंसमेत

(१) आय कर ऐन, ०३१ को दफा ५६(१) बमोजिमको प्रकृया अपनाई पुनः कर निर्धारण गर्नु पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८५७ - जग्गा खिचोला

 फैसला मिति:२०४२/११/३०  डिभिजन वेन्च इजलास  २३९२
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.मल्पी गा.पं.वडा नं.२ बस्ने रामबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : का.प.जि.मल्पी गा.पं.वार्ड नं. २ बस्ने तेजप्रताप सिंह कार्की

(१) बेचविखन गर्दा पनि सो बारे उजूर बाजुर दावी विरोध गरेको देखिन नआएबाट वादी दावी जग्गा प्रतिवादीकै हक स्वामित्व रहेको कुरा सिद्ध हुनआएकोले विवादीत जग्गाको वादी दावी बमोजिम दर्ता बदर भई हक कायम हुनसक्ने अवस्था देखिएन । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८५६ - दर्ता गरी पाउँ

 फैसला मिति:२०४३/०९/३०  संयुक्त इजलास  ४१९८
 पुनरावेदक/ प्रतिवादी : आशाको छोरा का.जि.का.न.पं.वार्ड नं. ३० असन टोल बस्ने वर्ष ७७ को कान्छारत्न२ तुलाधरसमेत बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं. ३० असन भोटाहीटी दगु बहाल बस्ने मायादेवी तुलाधर

(१) सनातनदेखि चली आएको आँगन देवताको गुठीको जेथामा गुठीयारको हक गुठीको सनातनदेखि चली आएबमोजिमको धर्म पूजाआजा चलाई राखी सामूहिक रुपले स्थिति बन्देज अनुसार भोगचलन गर्न पाउने सम्म मात्र हो एकलौटी कसैको हक हुने कुरा हुँदैन, मास्न नास्न कसैलाई हक छैन । (प्रकरण नं. १९) (२) मुलुकी ऐन गुठीको महलको ३ नं. अनुसार आफ्नो हक छाडी गुठी राखेकोमा सो गुठी राख्नेन वा उनका सन्तान वा हकदारले गुठीको दानपत्र सिलापत्र समेतका लिखत बमोजिम काम चलाई शेष जगेडासम्म मात्र खान पाउने लेखिए बाहेक बेच विखन दानदातव्य वा कुनै किसिमले हक हस्तान्तरण गर्न पाउँदैन भनी प्रष्ट उल्लेख गरेको हुँदाहुँदै प्रस्तुत विवादीत घर पसलमा वादीको एकलौटी हक भएको भन्ने क्षेत्रीय अदालतले उठाएको तर्क २००८।४।१६।३ को दानपत्र बकसपत्र तथा गुठीको ३ नं. समेतले त्रुटियुक्त देखिँदा मिलेको देखिएन । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८५५ - जालसाजी

 फैसला मिति:२०४३/०९/२४  संयुक्त इजलास  २१७८
 पुनरावेदक/ प्रतिवादी : जि.दाङ्‌ अमृतपुर गा.पं.वार्ड नं. ४ बस्ने गोपकुमारी उपाध्याय बिरुद्ध विपक्षी/वादी : जि.दाङ्‌ वाघमारे गा.पं.वार्ड नं. ४ बस्ने नन्दकुमार उपाध्यायसमेत

(१) वर्तमान जबरजस्ती करणीको १० नं. पहिलाको अवस्थाको मुद्दामा पनि लागू हुन्छ भन्ने अवस्था देखिँदैन । (प्रकरण नं. १३) (२) हालको जबरजस्ती करणीको १० नं. पहिलेदेखि लागू हुन नसक्ने भएपछि अघिको अवस्थामा वादीको जुन हक अधिकार हो सोही भागमा वादीले दावी लिई आउने अवस्था पर्दछ । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८५४ - उत्प्रेषण

 फैसला मिति:२०४३/०९/११  संयुक्त इजलास  २२७८
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी गा.पं.घुसकी वार्ड नं. ८ बस्ने वर्ष १२ को रामनरेश शाहको संरक्षक हकवाला बाबु महावीर साहु बिरुद्ध विपक्षी/वादी : जि.सुनसरी गा.पं.घुसकी वार्ड नं. ७ बस्ने फौदी मलाहासमेत

(१) मोही बण्डा हुनसक्ने कानुनी व्यवस्था नभएको र यस अदालतबाट यस्तो कार्यलाई मान्यता दिएको पनि छैन । (प्रकरण नं. १५) (२) कानुनले जुन कुरा प्रत्यक्ष रुपमा गर्न सकिन्न त्यो कुरा अप्रत्यक्ष रुपले पनि गर्न सकिन्न । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८५३ - सन्धी जग्गा निखनाई पाउँ

 फैसला मिति:२०४३/०९/२८  संयुक्त इजलास  २५६४
 पुनरावेदक/ प्रतिवादी : जि.तनहुँ सतिस्वरा गा.पं.वार्ड नं.६ बस्ने फैसलामा गलत रुपमा पुष्पखर भनी लेखिएको पुष्पाखर मिश्र बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने खिलमाया अधिकारी

(१) जग्गाको स्थितिबाट वादी दावी बमोजिम वादीको जग्गाको सन्धिसर्पन पर्ने नै देखिएको र वादी सन्धिसर्पन पर्ने हकवाला भएकोमा पनि विवाद देखिन आएन, तसर्थ वादी दावी बमोजिम निखन्न पाउने ठहर्यावएको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८५२ - उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०९/२०  संयुक्त इजलास  २१९२
 पुनरावेदक/ प्रतिवादी : जि.खोटाड्ड ऐसेलुखर्क गा.पं.वार्ड नं. ७ बस्ने भक्तबहादुर राई बिरुद्ध विपक्षी/वादी : जिल्ला न्यायिक समिति, जि.पं.कार्यालय खोटाड्डसमेत

(१) जिल्ला कार्यालयमा परेको निवेदन गा.पं.मा लेखी पठाई गाउँ पञ्चायत न्याय समितिले निर्णय गरेको र सो उपर जिल्ला न्यायिक समितिले पुनरावेदन सुनी गरेको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८५१ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०९/२०  संयुक्त इजलास  २४१५
 पुनरावेदक/ प्रतिवादी : गा.पं.मधवापुर वा.नं.१ बस्ने फुलदेवी ब्राम्हणीसमेत बिरुद्ध विपक्षी/वादी : कोशी टप्पु वन्यजन्तु आरक्ष विस्तार व्यवस्था समिति मुकाम कोशी अञ्चलाधीश, मोरङ्‌ विराटनगर

(१) विवादको जग्गाको गुठीयार अर्कै भएको र गुठीको जग्गा निवेदकहरूले आफ्नो नाममा दर्ता गरी मालपोत बुझाई भोगी आएको देखिएबाट गुठी चलाउने दायित्व निवेदकहरूमा रहेको भन्न मिल्ने देखिएन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८५० - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०९/१५  संयुक्त इजलास  ३२९५
 पुनरावेदक/ प्रतिवादी : ठग्गु थारुका जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.ब.मानसुरखाटा गा.पं.वार्ड नं. ३ बस्ने सूर्यलाल चौधरी

(१) आफूलाई कुटपिट गर्न लागेकोबाट तत्काल उठेको रिस थाम्न नसकी साधारण कटबाँसको लाठीले पिटेकोबाट मृत्यु भएको भन्ने देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरेको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु